बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय

रिना खत्री
२७ असार २०८१, बिहीबार १९:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

तर, उक्त अवधिसम्म पनि कम्पनीहरुले चुक्ता पुर्याउन नसकेपछि प्राधिकरणले बुधबार नै निर्णय गर्दै आगामी पुसमसान्त समय थप गर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता वृद्धि गर्न दिएको समय पटक पटक थप गर्दा समेत केही बीमा कम्पनीहरुले उक्त पुँजि पुर्याउन सकेका छैनन् ।प्राधिकरणले जीवन बीमाको हकमा पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन पनि दिएको थियो।

२०८० असार मसान्तभित्र ताके बमोजिमको चुक्तापूँजी पु¥याउन प्राधिकरणले निर्देशन दिएको थियो । तर, असार मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा पुराना जीवन बीमा कम्पनीहरुमध्ये अझै चार कम्पनीको तोके बमोजिम पूँजी पुगेको देखिदैन ।

दुई सरकारी स्वामित्वमा रहेका संस्थान र कम्पनीको वित्तिय विवरण नै पास नभएर अलपत्र अवस्थामा छ ।

शाखा कार्यालयको हकमा भने प्राधिकरणले असाइन क्यापिटल निधार्रण गर्न निर्देशन दिएको छ। हाल नेपालमा जीवन बीमातर्फ मेट लाइफ र निर्जिवन बीमातर्फ ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले शाखा कार्यालय भएको कारण उक्त रकम जगेडामा देखाएको बताँउदै आएको यी कम्पनीहरुले पनि असाइन क्यापिटल निधारण गर्दैछ ।

यी कम्पनीहरुलाई यसअघि बीमा प्राधिकरणले चुक्ता पुँजि नै नलिई बीमा व्यवसाय गर्न छुट दिँदै आएको छ ।

बीमा कम्पनीहरुले पुँजी जुटाउने विकल्पको रुपमा पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयरको लागि आवेदन दिएका छन् भने कतिपय कम्पनीहरुले बोनस शेयर जारी गरेर पुँजी पुराउने तरखरमा रहेका छन्।

तर धितोपत्र बोर्डको अध्यक्ष विगत ६ महिनादेखि रित्त र अर्थमन्त्रालयकोतर्फबाट हाल बोर्डमा कामु अध्यक्षको जिम्मेवारी सम्हालिरहेका नरेन्द्र कुमार रानाले पनि पहिलो निर्णयको रुपमा रिलायन्स स्पीनिङ मिल्सको विवादित आईपिओ पास गरेपछि अब कुनै पनि निर्णय नगर्ने भन्दै पन्छिएर बसेका छन् ।

बीमा प्राधिकरणले भने प्रभु महालक्ष्मी लाइफ, लाइफ इन्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल, एनएनलजी इन्स्योरेनस र नेको इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव पारित गर्न नियामकिय स्वीकृती दिईसकेको छ।

तर धितोपत्र बोर्डले स्वीकृति दिने वातावरण नबन्दा चार कम्पनीको हकप्रद प्रस्ताव रोकिएको छ । सो बिषयलाई मध्यनजर गर्दै आगामी साधारणसभासम्मका लागि प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी जु्टाउने समय दिएको अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

‘नियामकीय भूमिकाको हिसाबले हामीले बीमा कम्पनीहरुलाई हकप्रद र बोनस शेयर स्वीकृति दिइसकेका छौ’ अध्यक्ष सिलवालले भने ।बोर्डको स्वीकृतीको पखाई लामो हुनसक्ने सम्भावनाको कारण समयअवधि थप गरिएको उनले जानकारी दिएका छन् । यद्यपी कहिलेसम्मको लागि पुँजी जुटाउने समय दिएको भन्ने बिषयमा भने अध्यक्ष सिलवाल बोल्न चाहेनन्।

हाल नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफले १ः०.१७ को अनुपातमा ७३ करोड तीन लाख २० हजार रुपैयाँबराबरको ७३ लाख तीन हजार २०० कित्ता हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको हो । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले १ः०.८८४५१६८ को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २३ करोड ४६ लाख आठ हजार कित्ता हकप्रद निष्काशका स्वीकृतिका लागि कुरेर बसिरहेका छन् ।

त्यसैगरी, एनएजली इन्स्योरेन्स कम्पनीले १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२०.२२ कित्ता र नेको इन्स्योरेन्सले १ः०.२५ को अनुपातमा ५० करोड ९० लाख ९० हजार १५५ रुपैयाँबराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेका छन् ।

Source: Sebon

कम्पनीहरुलाई आगामी साधारणसभासम्मका लागि छुट प्रदान गर्ने निर्णय गरेको हो । यसो भन्नुको अर्थ पुस मसान्तसम्म हुन्छ । तर, यदि कसैले साधारण सभा ढिलाई गरेमा पनि अब त्यसैलाई मान्यता दिन सकिने छ।

यसअघि २०७८ फागुन अन्तिममा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई एक वर्षभित्रमा साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो।

उक्त अवधिमा १ बर्षको समयावधि दिएर गरिएको यस्तो निर्देशन केही कम्पनीले पालना गरेपनि अधिक कम्पनीहरुले हालसम्म पनि पुँजी जुटाउन कम्पनीहरुलाई सास्ती परेसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी

जीवन बीमा कम्पनीहरुलाई प्राधिकरणले पाँच अर्ब रुपैयाँ पुँजी जुटाउन निर्देेशन दिएको थियो । सो कारण पनि कम पुँजी रहेका कम्पनीहरुले मर्जर र हकप्रद शेयर विकल्पको रुपमा लिएका छन्।

चालु आर्थिक वर्ष ०८०र०८१ को तेस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको चुक्ता पुँजी रहेकोमा चालु आवकोे तेस्रो त्रैमासमा ५५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रहेको छ।

चुक्ता पुँजी बृद्धि भएपनि अझै ९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पुरा हुन बाँकी छ ।केही कम्पनीहरुले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने मौका पाए भने केहीले हकप्रदमार्फत शेयर बिक्री गरी चुक्ता पुँजी बृद्धि गर्ने तयारीमा रहेका छन् ।

 

Source:QAUTERLY REPORTS

निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी कायम गनुपर्ने हुन्छ।

जसमा पनि आठ निर्जिवन बीमा कम्पनीहरुले पुँजी पुराउन बाँकि रहेको छ। एक शाखा कार्यालय भएको हुँदा उक्त कम्पनीलाई भने फरक प्रावधान रहेको छ।

प्राधिकरणको निर्णय अनुसार चार निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम पुँजी पुयाएका छन् । बाँकिले हकप्रदको माध्यमबाट पुराउने तयारी गरिहरहेका छन् ।

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये ३ कम्पनीले मर्जरमा गई प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याएका छन्। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मर्जरको माध्यमबाट पुँजी जुटाईसकेका छन् ।

Source:QAUTERLY REPORTS

विदेशी शाखा रहेको कम्पनीलाई के छ व्यवस्था ?

प्राधिकरणले नेपालमा संचालमा रहेका विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित कम्पनीको हकमा असाइन क्यापिटल निधार्रण गरिदिएको छ।

यी कम्पनीहरुले चुक्ता पुँजी नपुराएसम्म नेपालमार्फत लाभांश र मुनाफा लैजान पाउने छैनन् ।

हाल नेपालमा लाइफतर्फ मेट लाइफ रहेको छ ।
ननलाइफतर्फ ओरिएन्टल र नेसनल कम्पनी रहेको छ । कम्पनीले असाइन क्यापिटल लागू गनुपर्नेछ ।

सरकारी कम्पनीको हकमा के हुन्छ ?

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी भने सरकारी स्वामित्वका कम्पनी हुन् । यी कम्पनीको हकमा सरकारले नै पुँजीको व्यवस्था गर्ने समझदारी भएको छ ।

साविकको बीमा समिति हुँदादेखि अटर गर्दै आएको कम्पनीले बीमाप्राधिकरणलाई पनि नटेरेको देखिएको छ । प्राधिकरणले पटक पटक पत्र पठाएर रि कल गराएर कम्पनीलाई पुँजिको बिषयमा झक्झकाउनुपर्ने अवस्था अझै पनि छ ।पूर्व अर्थमन्त्री जनार्दन शर्मा,डा।प्रकाशशरण महत र अर्थमन्त्री बर्षमान पुनले कार्याकक्षमै बोलाएर काम समयमा नै सकाउने आश्वासन दिएपनि यी दुई सरकारी कम्पनीको काम भने टुङ्गीने देखिदैन ।

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थालाई राष्ट्र बैंकले पैसा दिएर पनि पुन फिर्ता मागिसकेको छ भने नेपाल बैंकले सबै संस्थापकबाट पैसा आएपछि दिने तयारीमा बसीरहेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक भने संस्थानले प्रकृया अघि बढाएपछि मात्रै रकम दिने तयारीमा रहेको बुझिएको छ।

संस्थानले लामो समयसम्म पनि पुँजी वृृद्धिको लागि रकम जुटाउन नसक्दा राष्ट्र बैंकले पैसा मागेको थियो । सो बिषयमा बीमा प्राधिकरणलाई समेत गर्भनर अधिकारीले फोन सम्र्पकमार्फत यी बिषयमा अवगत गराएका थिए ।

राष्ट्रिय बीमा कम्पनी भने प्रकृया अन्तिम चरणमा जानकारी दिँदै आईरहेको छ ।

धितोपत्रबाट अनुमतिको प्रकृया रोकिदा समस्या
पुँजीवृद्धिको लागि हकप्रदको विकल्प रोजेका बीमा कम्पनीहरुलाई धितोपत्र बोर्डले अनुमति नदिँदा प्राधिकरणको समयसीमामा पुँजी जुटाउन नसक्ने अवस्था पुगेको सिईओहरु बताँउछन् ।

विगत ६ महिनादेखि धितोपत्र बोर्ड नेतृत्वबिहीन छ । धितोपत्र बोर्डले अध्यक्षको पद खाली भएसँगै जम्मा दुई कम्पनीको हकप्रदलाई मात्रै स्वीकृती दिएको छ। बोर्ड नेत्तृविहिन बन्दा बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुलाई पुँजीवृद्धि गर्न दिएको समयसीमा सार्नु परेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*