कर विवादमा परेपछि बिवाईडीकी यमुना श्रेष्ठ ३ अर्ब रुपैयाँ ऋण लिँदै

२७ असार २०८१, बिहीबार १८:३०

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंककीले ३ अर्ब ऋण लिने भएको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङक अनुसार कर विवादमा परेको बिवाईडीले अर्बौ रकम अल्पकालिन कर्जा लिन लागेको हो ।

बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । कर छलि गरी राज्यलाई अर्बौ रुपैयाँ घाटा लगाउने साइमेक्सकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ अहिले ऋण लिन लागेकी हुन् । साइमेक्सले कुन बैंकबाट ऋण लिन लागेको त्यो भने खुलेको छैन । कम्पनीको कुल ऋण कुल नेटवर्थको ०.७ गुणा छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्ममा ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कर छलि गर्ने बिवाईडीको व्यापारमा भने उल्लेख्य सुुधार भएको छ । सन् २०२१ मा ६ करोड ९० लाख र सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार यस कम्पनीले गरेको थियो । यस्तै, सन् २०२३ मा उक्त कम्पनीले एक अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । गत वर्षसँग तुलना गर्दा यो वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिव ८ अर्ब २ करोड २० लाख बढी व्यापार गरेको छ ।

कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५०.५ र ४९.५ प्रतिशत सेयर रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*