आफ्नो अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै शिखर नगरपालिकाका प्रवक्ताले दिए राजीनामा

२७ असार २०८१, बिहीबार १८:००

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रवक्ता तथा वडा न. ६ का वडा अध्यक्ष धिर्क बहादुर सिहंले आफ्ना अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै प्रवक्ता पदबाट राजीनामा दिएका छन् । उनले आज शिखर नगरपालिकाका प्रमुखलाई आफ्ना राजीनामा पेश गरेको हुन् ।

सिहंले आफ्नो अधिकार माथि अनाश्यक विवाद सिर्जना गर्ने र सिगों नगरपालिकाको गोपनियता माथि प्रश्न उठ्ने काम भइरहेको बताए । उनले राजीनामा पत्रमा भनेका छन्, ‘पछिल्लो समयमा कार्यपालीका को बैठकमा भएका महत्वपूर्ण छलफलका विषय तथा निर्णयहरु वाहीर ल्याउने र जानकारी गराउने प्रवक्ता को जिम्मेवारी र अधिकार माथी हस्तक्षेप गरि अनावस्यक विवाद सृजना गर्ने र सिगों नगरपालीका को गोपनियता र कार्यपालीकाको विश्वसियनता माथी नै प्रश्न उठन सक्ने कार्य भइरहेका छन। अधिकार र जिम्मेवारी माथी हस्तक्षेप गरि भइरहेका गलत कृयाकलापहरु को जिम्मेवारी लिएर प्रबक्ता को पदमा रहिरहन नसक्ने भएका कारण आजका मिति देखी (२०८१०३२७) गते देखी लागु हुने गरि नगरपालीकाको प्रवक्ता को जिम्मेवारी बाट राजीनामा दिइएको व्यहोरा जानकारी साथ अनुरोध गर्दछु ।’

आफ्नो अधिकारको दुरुपयोग भइरहेको हुँदा आफुले राजीनामा दिएको सिहंले बीमापोष्टलाई बताए । उनले भने, ‘पछिल्लो समय प्रवक्ताका लागि अन्य साथीहरु पनि इच्छा राख्न थाले । कार्यपालिकाको निर्णय मैले बाहिर ल्याउनु पर्ने थियो तर मैले बाहिर ल्याउनु भन्दा अघि नै बाहिर आउने काम भयो । त्यसले त्यो पदका बसि राख्न औचित्य लागेन ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*