१८ वाणिज्य बैंकको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?

२७ असार २०८१, बिहीबार १७:४८

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै बैकिङ्ग उपसूचक सर्वाधिक बढेको छ । बिहीबार बैंकिङ्ग उपसूचक २.४२ प्रतिशत अर्थात २८.२७ अंकले बढेर ११९४.९४ को बिन्दुमा कायम भएको छ । आज कारोबार भएका सूचीकृत वाणिज्य बैंकहरुमध्ये १८ वटाको शेयरमूल्य वृद्धि भएको छ ।

हिमालयन बैंकको शेयरमूल्य सर्वाधिक बढी प्रतिशतले बढेको छ । बैंकको शेयरमूल्य आज ५.५५ प्रतिशतले बढेर २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको शेयरमूल्य ५.१२ प्रतिशतले बढेर १५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, माछापुच्छे बैंकको ४.७९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत, सानिमा बैंकको ३.७७ प्रतिशत, सिटिजन्स बैंकको ३.६२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*