२३ बीमा कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति (सूचीसहित)

२७ असार २०८१, बिहीबार १६:२३

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । शेयर बजारमा आएको सुधारले अधिकांश कम्पनीको शेयर मूल्यमा समेत आकर्षक सुधार भइरहेको हो ।

बीमा कम्पनीको शेयर मूल्यमा समेत निरन्तर सुधार आइरहेको छ । यसदिन आज कारोबारमा आएका २४ बीमा कम्पनी (जीवन र निर्जीवन) मध्य २३ को शेयर मूल्यमा सुधार आएको छ ।

जीवन बीमा
आज जीवन बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । बिहिबार जीवन बीमा समूहको शेयर ३१८.६९ अकं अर्थात् ३.०६ प्रतिशतले बढे्र १०७२७.७३ बिन्दुमा काय भएको हो । नेप्सेमा सूचीकृत भएका १२ वटै जीवन बीमा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो ।

यसदिन सर्वोधिक शेयर मूल्य बढाउने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको शेयर ७.०९ प्रतिशतले बढेर ५७४ रुपैयाँमा कायम भएको हो । साथै, सानिमा रिलायन्स लाइफको ४.६२ प्रतिशतले बढेर ४७६ रुपैयाँ, सिटिजन लाइफको ३.९८ प्रतिशतले बढेर ५४८ रुपैयाँ, नेशनल लाइफको ३.५३ प्रतिशतले बढेर ५८१ रुपैयाँ र सूर्यज्योति लाइफको ३.३३ प्रतिशतले बढेर ४२५ रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा
नेप्सेमा सूचीकृत भइ कारोबार भइरहेको १२ वटा निर्जीवन बीमा कम्पनी मध्य ११ को शेयर मूल्यमा सुधार देखिएको छ । बिहिबार निर्जीवन बीमा समूहको १११.९० अंक अर्थात् १.०१ प्रतिशतले बढेर १११४२ बिन्दुमा कायम भएको छ ।

यसदिन एनएलजि इन्स्योरेन्सको शेयर मूल्य मात्र घटेको हो । कम्पनीको शेयर ०.५७ प्रतिशतले घटेर ८०१ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*