२१ सयलाई तोडेर सेयर बजार २२०० अंकले नाघ्यो

२७ असार २०८१, बिहीबार १५:२२

काठमाडौं । करिब १ वर्षपछि सेयर बजारले २२०० अंकले नाघेको छ ।

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ ।

कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९.२१ अंक बढेको हो ।
गत साउनमा २२२७ अकंमा बन्द भएको नेप्से यो असारमा २२०० नाघेको हो । साथै आज कारोबार रकममा पनि उछाल आएको छ। आज ७ अर्ब ८ करोड पुग्यो । १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन पनि जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै वृद्धि भएको छ। जीवन बीमा समूह ३.०६ प्रतिशत तथा बैंकिङ २.४२ प्रतिशत बढ्यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*