नयाँ सत्ता समीकरण र लचिलो मौद्रिक नीति आउने संकेतले शेयर बजारमा रौनक, परिसूचक र कारोबारमा उछाल
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रौनक देखिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढल्ने भएपनि शेयर बजार लगानीकर्ता नयाँ सत्ता समीकरणलाई दिएर उत्साहित भएका हुन् । बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गइरहेको छ ।
नयाँ सरकारबाट शेयर लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित भएका हुन् । अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्ता मख्ख छन् । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति लचिलो आउँने संकेत बेला बेला गर्दै आइरहेका छन् । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता खुसी छन् । नियामक र सरकारबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अकंले बढेर २२०४.६१ बिन्दुमा बन्द भएको छ । आज ३३१ कम्पनीको २ करोड ४८ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९८ करोड १८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ।
बिहिबार १२ उपसूचक हरियाली आएको छ । यसदिन बैंकिङ समूहको २.४२ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.३० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।