लक्ष्मी सनराइज क्यापिटलद्धारा सेवाग्राहीलाई हितग्राही खाता नवीकरण गर्न आग्रह

२७ असार २०८१, बिहीबार १३:४२

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई हितग्राही खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले साविकको लक्ष्मी क्यापिटल मार्केट, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आर्थिक वर्ष ९आव० २०८१र८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाहरूले लक्ष्मी सनराइज बैंकको खातामा वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, ई–सेवा तथा मेरो शेयरको ड्यास बोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*