सिद्धार्थ बैंकद्धारा ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन शेयरधनीलाई आग्रह

२७ असार २०८१, बिहीबार १३:३८

काठमाडौं। सिद्धार्थ बैंकले ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन आफना शेयरधनीलाई आग्रह गरेको छ। विभिन्न साधारण सभाबाट पारित भएको लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको हो ।

नगद लाभांश लिनका लागि शेयरधनी वा नजिकका हकवालाले सूचना प्रकाशित भएको १ महीनाभित्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

नगद लाभांश बुझ्न बाँकी शेयरधनीको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*