करोडौ बक्यौता नतिरेपछि प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काट्यो, व्यापार खस्किने डर

२७ असार २०८१, बिहीबार १२:३३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले थप दुई वटा उद्योगको लाइन काटेको छ । बक्यौता नतिरको भन्दै बुधबार रातिदेखि जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेको हो ।

मंगलबार राति रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन पनि काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टिलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको २५ प्रतिशत जरिवानासहित बक्यौता १५ दिनभित्र भुक्तानी गर्न उद्योगहरूमा बिल पठाएको थियो । विद्युत बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ रहेको छ । लाइन काटिएपछि कम्पनीको नाफा समेत प्रभावित हुने उद्योगिहरु बताउँछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*