अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ विनिमयदर

२७ असार २०८१, बिहीबार ०७:३०

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ ६ पैसाले बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा तोकेको छ ।

डलरसँगै मलेसियन मुद्रा रिंगिटको भाउ भने ६ पैसाले बढेको छ । आज एक रिंगिटको खरीददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४९ पैसा रहेको छ ।

एक कतारी रीयालको खरीददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । एक साउदी अरेबियन रियाल खरीदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

यता यूएई एक दिरामको खरीददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा तोकिएको छ । १० जापानी यनको खरीददर ८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८ रुपैयाँ २९ पैसा रहेको छ । एक अस्टे«लियन डलरको बिक्रीदर ९० रुपैयाँ २९ पैसा र एक क्यानेडियन डलरको बिक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*