जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता, राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा उच्च (सूचिसहित)

२६ असार २०८१, बुधबार २१:४३

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको कूल बक्यौता बीमा दावी भुक्तानी दुई अर्ब ८६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले जेठ महिनासम्मको तथ्याङ्क अनुसार कूल ३९ हजार २९८ वटा बीमा पोलिसी बापत सो रकम भुक्तानी गर्न बक्यौता रहेको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बक्यौता दावी भुक्तानी राष्ट्रिय जीवन बीमा कम्पनीमा रहेको छ । सरकारी राष्ट्रिय जीवन बीमा कम्पनीले ७६ करोड ३९ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ । दोस्रो नम्वरमा नेशनल लाइफको बक्यौता रहेको छ । सो कम्पनीको ६७ करोड रुपैयाँ बक्यौता रहेकोछ ।

त्यस्तै, नेपाल लाइफको ५३ करोड बक्यौता रहँदा मेट लाइफको ३५ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको १९ करोड, सुर्यज्योति लाइफको ९ करोड ६६ लाख रुपैयाँ बक्यौता रहेको छ । रिलायबल नेपाल लाइफको पाँच करोड ६९ रुपैयाँ बक्यौता रहेको छ ।

सन नेपाल लाइफको पाँच करोड २३ लाख, आइएमई लाइफ चार करोड १६ लाख, सिटिजन लाइफ एक करोड ७४ लाख, हिमालयन लाइफ एक करोड दुई लाख, प्रभु महालक्ष्मी लाइफको ६७ लाख रुपैयाँ र एशियन लाइफको ५६ लाख रुपैयाँ बक्यौता रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*