११ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको उल्लेख गरेको छ । यता, आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडलेबचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको छ ।
नेपाल सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eleven-Months-data-of-2080.81