असार मसान्तभित्र केवाइसी अपडेड नगरेका सर्भेयरहरु परिचय पत्र पाउनबाट बञ्चित हुने (सूचनासहित)

२६ असार २०८१, बुधबार १५:४८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाइसी अपडेट गरी परिचय पत्र वितरण गर्ने भएको छ । एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आवश्यक कागजातसहित असार मसान्तभित्र केवाइसी अपडेट गर्न सर्भेयरहरुलाई आग्रह गरेको हो ।

उक्त केवाइसी अपडेटका आधारमा प्राधिकरणले सर्भेयरलाई पहिचान लागी परिचयपत्र उपलब्ध गर्न गईरहेकोले तोकिएको अवधिमा केवाइसी अपडेट नगरेका सर्भेयरहरु परिचय पत्र लिने सुविधाबाट बन्चित हुने कुरा सूचनामा उल्लेख गरिएको छ ।

तोकिएको अवधिभित्र अनिवार्य रुपले केवाइसी अपडेट गरी परिचय पत्र उपलव्ध गराउने कार्यका लागि सहयोग गरीदिनहुन प्राधिकरणले आग्रह गरेको छ ।

सूचना 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*