कम्पनी प्रवेश गरेको छोटो अवधिमै सिटिजन लाइफका एजेन्सी म्यानेजर राजेश कार्की एमडीआरटी बन्न सफल

२६ असार २०८१, बुधबार १४:५१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर राजेश कार्की सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको गाइघाट ब्रान्चमा आवद्ध भएका एजेन्सी म्यानेजर कार्की कम्पनीमा प्रवेश गरेको छोटो समयमा नै सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका हुन् ।

आफ्नो लगन, मिहिनेत र परिश्रमका कारण एमडीआरटी बन्न तोकिएको बीमा व्यवसाय गरी उनले कम्पनीको समग्र व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।  साथै, उनी कम्पनीको डायमण्ड क्याटेगरीमा समेत समावेश बन्न पुगेका छन् ।

एमडीआरटी बन्न सफल भएका एजेन्सी म्यानेजर कार्कीले आउँदो केही दिनमा प्लाटिनम क्लवमा पुग्ने गरी व्यवसाय गरीरहेको र प्लाटिनम् क्लवमा पुग्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*