१२ मध्ये ७ निर्जीवन बीमा कम्पनीले वितरण गरे लाभांश, कुनले कति दिए ? (सूचीसहित)

२६ असार २०८१, बुधबार १३:५५

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १२ वटाले शेयर कारोबार गर्दै आएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ वटाले मात्र प्रतिफल वितरण गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण अधिकांशले लाभांश वितरण गर्न सकेनन् ।

आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट नेपाल इन्स्योरेन्सले सबैभन्दा बढी युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश वितरण गरेको छ । कम्पनीले यस अवधिमा आफ्ना लगानीकर्ताहरुलाई १० दशमलव २६ प्रतिशत बोनश शेयर र ० दशमलव ५४ नगद लाभांश वितरण गरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सले यस अवधिमा आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ५३ नगद लाभांश वितरण गरेको छ ।

साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा ८.६३ प्रतिशत बोनश र ६.७३ प्रतिशत नगद, एनएलजी इन्स्योरेन्सले पाँच दशमलव ५० प्रतिशत नगद र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ प्रतिश नगद लाभांश मात्र वितरण गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले आफ्ना लागनीकर्ताहरुको हात रित्तो बनाएको छ । त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा गरेको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*