टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं

२६ असार २०८१, बुधबार १३:५२

काठमाडौँ । टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या देखिएको छ । स्कुटरको मुख्य खण्ड च्यासिसमै गम्भिर समस्या आएर भारतमा चर्को विवाद भइरहेको टिभिएस आईक्युव विद्युतीय स्कुटर चढ्नु यात्रुको लागि घातक देखिएको छ । उत्पादक राष्ट्र भारतमा टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको च्याँसिसमा गम्भिर समस्या देखिएपछि बिक्री भइसकेको ४५ हजार ग्राहकबाट फिर्ता गर्न आह्वान गरिएको छ । ग्राहकले लगिसकेका स्कुटर समेत फिर्ता गर्न भनिएको छ । यसो भन्नुको पछाडि उक्त स्कुटरको च्यासिसमा गम्भिर समस्या रहेको तथ्य समेत भारतीयञ्चार माध्यमहरुले उजागर गरेका छन् ।

टीभीएस आइक्यूबको च्यासिस कुनै पनि दुर्घटना नहुँदै आफै बीचबाट भाँचिने समस्या देखिएको थियो । सो समस्यापछि कम्पनीले २०२३ को जुलाई १० देखि सेप्टेम्बर ९, २०२३ सम्म उत्पादन भएका आईक्युब स्कुटर फिर्ताका लागि ग्राहकलाई आग्रह गरेको छ । कम्पनीले उक्त मोडलको आफ्नो स्कूटर नचढ्न र फिर्ता गरेर नयाँ लैजान वा रकम फिर्ता लैजान भनेको छ ।

 

उक्त स्कुटर नेपाली बजारमा समेत धमाधम बिक्री वितरण भइरहेको छ । कम्पनीले समस्या देखाएका स्कुटर नेपाली बजारमा जगदम्बा मोटर्सले बिक्री गर्दै आइरहेको छ । तर, समस्याग्रस्त आईक्युब स्कुटर फिर्ता गर्ने विषयमा कुनै चासो दिइएको छैन ।

यातायात ब्यवस्था विभागले गुणस्तर परिक्षण नगरी जथाभावि दुई पाङ्ग्रे साधन आयात र बिक्रीका लागि अनुमति दिदै आइरहेको छ । जसका कारण च्यासिसमै समस्या भएको टीभिएस आईक्युब स्कुटर बिक्री हुँदै आएको छ । यात्रुको जीवन नै जोखिममा पार्ने टिभिएसको आईक्यव स्कूटर तपाईहरु पनि किन्दै हुनुहुन्छ भने मोडल हेरेर किन्न होला । अन्यथा भारतमा जस्तै सिकार बन्नुहुनेछ । साथै उक्त मोडलका स्कुटरहरु चढिरहनु भएको छ भने तत्कालै ट्राफिक प्रहरी वा यातायात कार्यालयमा लिखित उजुरी दिई फिर्ता गर्ने व्यवस्था मिलाईदिन माग गर्न सक्नुहुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*