एनएमबि लघुवित्तका सीइओ पाण्डेले एक वर्षमा कति बुझे तलबभत्ता ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।०८० कोे वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
पारित विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले आर्थिक वर्ष २०७९।०८० को अवधिमा तलब भत्ता वापत आधा करोड रुपैयाँ बुभेका छन् । सीईओ पाण्डेले वार्षिक तलब बापत २१ लाख २४ हजार रुपैयाँ, भत्ता वापत १ लाख १८ हजार रुपैयाँ, संचार खर्च दुई हजार रुपैयाँ, सामाजिक सुरक्षा कोष ३५ हजार ४ सय रुपैयाँ, मासिक तलव भत्ता वापत तीन लाख ३२ हजार रुपैयाँ र दशै भत्ता वापत दुई लाख ४५ हजार रुपैयाँ गरी कुल ४९ लाख २७ हजार रुपैयाँ बुझेका हुन् ।
साथै, आर्थिक वर्ष २०७९।०८० मा १२ वटा बैठक बसेका छन् । उक्त बैठक वापत कम्पनीबाट सञ्चालकहरुले सात लाख २४० रुपैयाँ बुझेका छन् ।