रिलायन्सलाई अर्को धक्काः विद्युत प्राधिकरणले काट्यो लाइन, घाटा अझै चुलिने

२६ असार २०८१, बुधबार १०:२२

काठमाडौँ । आइपीओ जारी गर्नेका लागेको रिलायन्स स्पिनिङ मिल्समा विद्युत लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनबापतको बक्यौता हालसम्म नबुझाएको भन्दै लाइन काटेको हो ।

कम्पनीले वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको महसुलबापतको दायीत्व उल्लेख नगरेको भन्दै प्राधिकरणले बिजुली लाइन काटेको हो । आम सर्वसाधारणलाई गुमराहमा राख्दै आइपीओ मार्फत असुल्ने योजना बनाइ रहेको रिलायन्सको सपनामा बिस्तारै धक्का लागि रहेको छ ।

हिजो मात्र लेखा समितिले पनि कम्पनीलाई आइपीओ स्वीकृत दिँदा घोटाला भएको आशंकामा नेपाल धितोपत्र बोर्डलाई स्पष्टिकरण सोधेको छ । कानुनको धज्जी उडाउँदै नेपाली शेयर बजारमा सबैभन्दा महङ्गो आइपीओ रिलायन्सले ल्याउन लागेको हो ।

बैंदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आइपीओ निष्कासन गर्नेभन्दा ठिक दुई दिन अघि कम्पनीमा लाइन काटिएपछि कम्पनीको घाटा थपिने भएको हो । कम्पनीको वित्तीय विवरणसहित प्रतिशेयर आम्दानी पनि निकै नाजुक अवस्थामा रहेको छ ।

यता, प्राधिकरणले घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटिएको हो । विद्युत बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ ।

 

One thought on “रिलायन्सलाई अर्को धक्काः विद्युत प्राधिकरणले काट्यो लाइन, घाटा अझै चुलिने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*