कति छ आज विदेशी मुद्राको विनिमयदर?

२६ असार २०८१, बुधबार ०७:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ रहेको छ ।

त्यसैगरी यस दिन एक यूरोको खरीददर १४४.१७ रुपैयाँ र बिक्रीदर १४४.८२ रुपैयाँ रहेको छ भने एक बेलायति पाउण्डको खरीददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरीदमा ८९.७६ रुपैयाँ र बिक्रीमा ९०.१७ रुपैयाँ लाग्ने भएको छ । एक क्यानडियन डलरको खरीद भाउ ९७.७१ रुपैयाँ र बिक्री भाउ ९८.१५ रुपैयाँ रहेको छ ।

एक कुवेती दिनार खरीद गर्न ४३५.५६ रुपैयाँ, बिक्री गर्न ४३७.५२ रुपैयाँ र एक बहराईन दिनारको खरीदका लागि ३५३.५६ रुपैयाँ र बिक्रीका लागि ३५५.१५ रुपैयाँ चाहिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*