इन्स्योरेन्स इन्स्टीच्यूट नेपालले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक तालिम सञ्चालन गर्ने 

२५ असार २०८१, मंगलवार १८:१७

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले ‘इन्टरनेशनल ट्रेन द ट्रेनर तालिम सञ्चालन गर्ने भएको छ । मलेसियाको प्रख्यात बीमा सम्बन्धी तालिम दिने संस्था ‘मलेसियन इन्स्योरेन्स इन्स्टिच्युट’ मलेसियासँगको सहकार्यमा आगामी साउन २ गते देखि ५ गते सम्म चार दिवसीय प्रशिक्षक तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । काठमाडौँको लैनचौर स्थित दि होटेल मल्लमा सञ्चालन गर्न लागेको सो तालिम अन्तर्राष्ट्रियस्तरको हुने इन्स्योरेन्स इस्टिच्यूट नेपालले जनाएको छ ।

नेपाली बीमाकर्मीहरुलाई हरेक हिसाबले दक्ष बनाउन उक्त तालिम महत्वपूर्ण हुने आईआईएनले जनाएको छ । तालिमको मुख्य उद्देश्य नेपाली बीमा बजारमा  दक्ष  प्रशिक्षकहरु उत्पादन गर्ने तथा प्रशिक्षण गर्ने शैलीलाई थप प्रभावकारी बनाउनुको साथै प्रशिक्षण क्षमता अभिवृद्धि गर्ने अभिप्रायका साथ उक्त तालिम कार्यक्रम आयोजना गर्न लागिएका हो ।

जीबन बीमा कम्पनी, निर्जीबन बीमा कम्पनी, पुर्नार्बीमा कम्पनी, नियमनकारी निकायहरु, सरकारी तथा गैह्रसरकारी संस्था, बैंक तथा वित्तीय संस्था लगायत तालिमसँग सरोकार राख्ने निकायसहित अन्य सर्वसाधारणहरुलाई समेत समेट्ने गरी सञ्चालन हुने उक्त चार दिनको तालिकामा पहिलो दिन तालिमको बिषयमा प्रारम्भिक परिचयात्मक कार्यक्रम तथा तालिमको आवश्यकता सम्बन्धमा रहने छ, भने दोश्रो दिनको सेसन तालिमको आधारभूत प्रक्रिया, तालिमको तयारी, तालिम सामग्रीको संकलन तथा प्रस्तुतीकरण तालिम निर्मण प्रक्रिया तथा तालिमको विषयबस्तु निर्माण, अन्तरक्रियात्मक कक्षा सञ्चालन बिधि लगाएत विषयमा रहने संस्थाले जानकारी दिएको छ ।

यस्तै तालिमको तेस्रो दिन तालिम प्रस्तुतिकरण शैली, तालिम अनुकरण तथा तालिमको क्षेत्र निर्धारण, लगायत तालिम अवधि निर्धारण योजना तर्जुमा, तालिम संचालन तालिम संचालन कार्यविधि, तालिम संचालन सम्बन्धि सिप बिकाश, तालिममा पहुच र तालिम सिद्धान्तका अबधारणा लगाएत विषयमा चर्चा तथा गहन अध्ययन रहने संस्थाले जनाएको छ ।

तालिम कार्यक्रमको अन्तिम दिन तालिमको तीन दिनमा भए गरेका सबै बिषय बस्तुलाई समेटेर सो बिषयको प्रयोगात्मक सिप परिक्षण हुनेछ । जसमा चार चरणको प्रयोगात्मक परिक्षण समेत हुनेछ । जहाँ समुहगत अभ्यास अन्तरक्रिया प्रस्तुतिकरण तथा बिषयगत अभ्यास समेत समावेश हुने आईआईएनले जनाएको छ ।

तालिम सञ्चालनको लागि तालिम क्षेत्रमा १५ बर्ष लामो अनुभवी मलेसियास्थित बीमा तालिम केन्द्रका मास्टर ट्रेनर वालामुरुगन नाल्लापन रहने छन्, भने उनलाइ मलेशियन  इन्स्योरेन्स इन्स्टिच्युटका प्रशिक्षकहरु रविन्द्रन भरदराजु, कलैयारासी कन्निमुथु र डेनी सन्कुनीले सहकार्य गरेर तालिम दिन संस्थाले जानकारी दिएको छ ।

सो तालिममा सहभागी हुनको लागि प्रतिदिन १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्दछ । चार दिनको कूल ४८ हजार रुपैयाँ शुल्क तिर्नुपर्दछ । बीमा सम्बन्धी तालिम लिन चाहने र यसअघि तालिम लिइसकेकाहरुले समेत पुनः तालिम लिएर आफ्नो क्षमता अभिबृद्धि गर्न सक्नेछन् ।

सम्पूर्ण जानकारी :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*