अब व्यवसायी र बैंक दुवैलाई बचाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष ढकाल

२५ असार २०८१, मंगलवार १७:४८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था रहेको बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको मौद्रिक नीतिको विषयमा सुझाव उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढ्दै गएकोले यसले समग्र बैंकिङ क्षेत्रलाई चुनौती थपिएको उनको भनाइ रहेको छ । उनले भने, ‘बैंकको खराब कर्जा निकै वृद्धि हुँदै गइरहेको अवस्था छ । खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था देखिएको छ । बैंक र ब्यवसायीका लागि संजिबिनी बुटी हुने गरि नीतिगत व्यवस्था गर्नुपर्छ ।’

कर्जा प्रवाह संकुचित भएकाले आगामी नीतिमा प्रणालीलाई बलियो बनाउँदै कर्जा प्रवाह बढ्ने नीति ल्याउनुप ढकालको भनाइ रहेको छ । ‘सहकारी र लघुवित्तमा समस्या आएपछि ग्रामिण अर्थतन्त्र साँघुरिएको छ, यसलाई चलायमान गर्ने नीति ल्याउनुपर्छ’ उनले भने ।

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरि आउनु पर्ने बताएका हुन् ।

उनले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभइ वास्तविक रुपमै समस्यामा परेर तिर्न नसकेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*