प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

२५ असार २०८१, मंगलवार ०८:२४

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि बिक्रीमा ल्याएको आफ्नो स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को संस्थापक शेयर किन्ने आज असार २५ गते अन्तिम दिन रहेको छ ।

बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमै ३१ हजार ६०० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्रप्राप्त) ले खरीदका लागि आवेदन दिन पाउने गरी उक्त शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

खरीदकर्ताले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन पाउनेछन् । यस शेयर खरीद गर्न इच्छुकले आज काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*