शिखर नगरपालिका–११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयको दुई कोठे भवन वर्षाले भत्कियो
काठमाडौँ । लगातार परेको वर्षाले डोटी जिल्ला शिखर नगरपालिका वडा-११ को मल्लीसातमा रहेको दुई कोठे भवन भत्किएको छ । निरन्तर परेको वर्षाले भगवती आधारभूत विद्यालयको दुई कोठे भवन पूर्ण रुपमा भत्किएको शिक्षक हासु विष्टले बताइन् ।
पूर्ण क्षेत्र भएको भवनमा शिशु कक्षाका बालबालिकालाई अध्ययन गराउँदै आइरहेको थियो । सो भवन नै भत्किएपछि बालबालिकाको बिचल्ली भएको छ । शिशुदेखि कक्षा आठसम्म अध्ययन हुने भगवति आधारभुत विद्यालयमा करिब १५० भन्दा बढी विद्यार्थी रहेका छन् ।
भगवति आधारभुतको भवन भत्केको खबर प्राप्त भएको र प्रहरी मुचुल्का गरेर राहतका लागि आवश्यक कदम अघि बढाउने शिखर न.पा ११ का वडा अध्यक्ष कर्ण बहादुर विष्टले बताए । उनले भने, ‘वर्षाले विद्यालयको भवन भत्किएको खबर वडालाई समेत प्राप्त भएको छ । हामी छिटोभन्दा छिटो प्रहरी मुचुल्का गरेर के कति क्षति भएको छ ? कति राहत आवश्यक देखिन्छ ? त्यो अध्ययन गर्छौ । विद्यार्थीको पढाईमा असर नपर्ने गरी हामी छिट्टै पुनः निर्माण गर्ने तिर लाग्ने छौं ।’