नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?
२४ असार २०८१, सोमबार १५:१६
काठमाडौँ । शेयर बजारमा झिनो करेक्सन देखिएको छ । बजारमा करेक्सन देखिदा १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
सोमबार नबिल बैंकको ७९ हजार १ कित्ता बराबरको ३ करोड ८५ लाख ४२ हजार ४८८ रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।
यसदिन कम्पनीको शेयर प्रतिकित्ता ३ रुपैयाँ अर्थात् ०.६२ प्रतिशतले बढेर ४९० रुपैयाँ पुगेको छ ।