शेयर बजारमा सामान्य करेक्सन, साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

२४ असार २०८१, सोमबार १५:०५

काठमाडौँ । लगातार पाँच दिन हरियाली आएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । बजार प्रवेश गरेका लगानीकर्ता पर्ख र हेरको अवस्था रहदा शेयर बजारमा केहि सामान्य करेक्सन देखिएको हो । अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् ।

केन्द्रिय बैंकले साउन पहिलो सातामा नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरी रहेको छ । गर्भनर महाप्रसाद अधिकारीले शेयर बजारलाई बाधा गर्ने केहि नीति फुकुवा गर्ने संकेत गरेसँगै लगानीकर्ताको मनोबल दरिलो भएको छ । यता, अर्थतन्त्रले समेत लय समालि रहेको छ । ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको छ । अब कर्जाको माग बढाउने सक्ने नीतिको आवश्यकता रहेको छ ।

नयाँ सत्ता समीकरणले समेत शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । एमाले सरकार आएपछि नियामकसँग तालमेल मिल्ने कुराले लगानीकर्तामा रौनकको माहोल सिर्जना भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन, तीन उपसूचकमा हरियाली हुँदा १० उपसूचकमा राताम्य भएको हो । आज फाइनान्स समूहको ०.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*