समाज लघुवित्तको शेयरमूल्य ३ सय रुपैयाँले वृद्धि, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । लगातार करिव एक हप्तासम्म बढेको नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६.३५ को बिन्दुमा कायम भएको छ ।
सोमबार शेयर बजार घटेसँगै आइतबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार भएका कम्पनीहरुमध्ये सोमबार ९५ वटाको शेयरमूल्य मात्र वृद्धि भएको छ ।
समाज लघुवित्तको शेयरमूल्य ९.६८ प्रतिशत अर्थात तीन सय रुपैयाँले सर्वाधिक बढेको छ । साथै, ११ प्रतिशत एनआइसी एशिया डिभेन्चरको ६.०१ प्रतिशत, सिन्धु विकास बैंकको ५.१६ प्रतिशत, दोर्दी खोला जल विद्युतको ५.०३ प्रतिशतले शेयरमूल्य बढेको छ ।
साथै, एनआरएन इन्फ्रास्टक्चरको २८ करोड ७० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।