बीमा कम्पनीका संचालक र सिईओको योग्यता छानविनको तयारीमा प्राधिकरण

२४ असार २०८१, सोमबार १४:४७

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकरी अधिकृत(सिईओं) र सञ्चालकको योग्यता माथि छानविन गर्न सुरु गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पत्र यस्र बिषयमा पठाएको छ।

प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०८० समेतको आधारमा प्रचलित कानून तथा निर्देशनमा भएका व्यवस्थाहरुलाई एकीकृत गरी उपयुक्तताको परीक्षण गर्ने प्रयोजनका लागि बीमा कम्पनीका सञ्चालक र सीईओको उपयुक्तता परीक्षण फारम संलग्न गरिएको पत्रमा उल्लेख छ।

बीमकको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता र अयोग्यताका सम्बन्धमा बीमा ऐन, २०७९ को दफाहरु ४७, ४९, ५० र ५७ मा रहेको र बीमकको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतबाट फारमभरी सम्बन्धित फाइलमा राखुहुन अनुरोध छ ।’ उक्त पत्रमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*