धितोपत्र बोर्डमा करोडौं घुस सेटिङमा रचिएको रिलायन्स स्पिनिङ्ग काण्डको छानबीनमा ढिलाई

२४ असार २०८१, सोमबार ०९:५८

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले यही असार २७ गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुक बिल्डिङमा आईपीओ निष्काशन गर्दैछ । तर, नियामक नेपाल धितोपत्र बोर्डमै घुस सेटिङमा अघि बढेको रिलायन्स स्पिनिङ्ग मिल्स काण्डको छानबीनमा आनाकानी गरिएको छ ।

यसअघिका अध्यक्ष रमेश हमालको पालामा घुस सेटिङमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ्ग मिल्सको बुक बिल्डिङ आईपीओ निष्काशनको प्रक्रिया शुरू गएिको थियो । रमेश हमाल गत पुसबाट विदा भइसकेका छन् । तर, बोर्डका भ्रष्ट कर्मचारीहरूले खाएको घुसको लेनदेन सेटिङ बिग्रने भएपछि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ रोक्न आनाकानी गरिरहेका छन् ।

धितोपत्र बोर्डलाई सही सूचना नदिई झुक्याएर तथा लगानीकर्तालाई फसाउने उद्देश्यले रिलायन्स स्पिनिङ्ग मिल्सले योजनाबद्ध तरीकाले आईपीओ निष्काशन गर्न लागेको थियो । बुक बिल्डिङमा निष्काशन हुन लागेको आईपीओमा यसअघि संस्थागत लगानीकर्ताहरूको समेत ठूलो रकम फस्न पुगेको छ ।

अब सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले रकम उठाएर कम्पनी बिक्री गर्ने नियतसाथ अघि बढेको आईपीओलाई बोर्डले वित्तीय विवरण हेर्दै नहेरी स्वीकृति दिएको थियो । धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ्ग मिल्सको त्रुटीपूर्ण आईपीओ जारी गर्न अनुमति दिएको तथ्य छताछुल्ल बाहिर आइसकेको छ । यति हुँदा पनि कारवाही गर्न बोर्ड तयार भएको देखिदैन ।

सूचीकृत कम्पनीहरूलाई विभिन्न बहानामा रकम उठाएर खाने, सूचीकरण हुन आउने कम्पनीहरूसँग संस्थागत सुशासन विपरीतका वित्तीय विवरण पारित गरे बापत बोर्डका कर्मचारीहरूले सय रुपैयाँदेखि करोडौं रुपैयाँसम्म घुस खाने गर्दछन् । भ्रष्टाचारले डुङडुङ गनाएको धितोपत्र बोर्डमा पत्रकारहरूलाई समेत प्रवेश कडाई गरेर लूटको साम्राज्य जारी राखिएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा अनुमति दिने कार्यमा संलग्न बोर्डका कार्यकारी निर्देशक देखि तल्लो तहका टिप्पणी उठाउनेहरूको विवरण लगानीकर्ताहरूले संकलन गर्न थालेका छन् ।

नियामकले लगानीकर्ताहरूलाई फस्न र डुब्न दिन नहुनेमा घुस सेटिङमा जस्तोसुकै कम्पनीहरूको बुक बिल्डिङ आईपीओ आउने र लगानीकर्ताहरूलाई फसाउने खेल हुन थालेपछि बोर्डप्रति लगानीकर्ताहरू आक्रोसित हुन पुगेका छन् ।

घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*