दुई कम्पनीको शेयर कारोबार रोक्का

२३ असार २०८१, आईतवार १९:४९

काठमाडौं । नेप्सेले दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर सम्पन्न भई भोलि सोमबारदेखि एकीकृत कारोबार थाल्दै गरेका मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकापसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ ९३० बमोजिम सेयर कारोबार रोक्का गरेको जनाएको हो । यससँगै दुबै लघुवित्तको सेयर कारोबार कम्तिमा १५ दिन रोक्का रहनेछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार गर्दैछन् । हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । दुई लघुबीत १ः१ अनुपातको समान हैसियतको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*