साढे २ लाखभन्दा बढी पर्ने गोगोरोको नयाँ दुई इलेक्ट्रीक स्कुटर नेपाल आउने

२३ असार २०८१, आईतवार १९:०८

काठमाडौँ । गोगोरोको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल ल्याउन लागेको हो ।

ताइवानी कम्पनी गोगोरोको जिगो सि १ बी र सि २ बी नेपाल ल्याउनेछ । उक्त स्कुटर भदौ ११ गतेदेखि सुरू हुन लागेको नाडा अटो शोमा यी स्कुटरहरूको प्रदर्शन गर्ने भएको हो ।
यससँगै गोगोरोको जिगो सि १ बी र सि २ बी इलेक्ट्रीक स्कुटरको मूल्यसूची पनि सार्वजनिक गरिएको छ । जसमध्ये जिगो सि १ बीको मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

यससँगै, सि २ बीको २ लाख ६५ हजार ५०० रुपैयाँ पर्नेछ । यद्धपि स्कुटर सार्वजनिक गर्दासम्म कम्पनीले यो मूल्यमा केहि हेरफेर गर्न सक्नेछ । यो मूल्यमा ग्राहकले ब्याट्रीको मूल्य तिर्नु पर्ने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*