डेढ लाख घुस रकमसहित शाखा अधिकृत विनोद कुमार दत्त पक्राउ

२३ असार २०८१, आईतवार १८:१६

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपियाँ र स्रोत नखुलेको ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट आइतबार नियन्त्रणमा लिइएको छ । आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*