पेप्सीसहितका सफ्ट ड्रिंक उत्पादक वरुण बेभरेजले एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

२३ असार २०८१, आईतवार १८:०१

काठमाडौँ । पेप्सीलगायतका पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज (नेपाल) प्रालिले साढे ७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

अघिल्लो वर्ष २०२१/२२ को तुलनामा यो ३९ करोड ७० लाख रुपैयाँले कम हो । कम्पनी २०२०/२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

२०२०/२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीले पेप्सीसँगै माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेन–अप, एक्वाफिना, सोडा र स्टिङ ब्राण्डमा पेय पदार्थहरु उत्पादन गरी बिक्री गर्छ। वरुण बेभरेजमा वरुण बेभरेजेज लिमिटेड, इन्डियाको शतप्रतिशत स्वामित्व छ ।

कम्पनीले कुल कारोबारको ८५–९० प्रतिशत आम्दानी माउन्टेन ड्यूबाट गर्छ। कोकाकोलासँगको मुख्य प्रतिस्पर्धाका कारण कम्पनीको सेयर हिस्सा घटेको देखिन्छ। कम्पनीको फ्याक्ट्री काठमाडौंको पेप्सीकोला र नवलपरासीमा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*