घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल

काठमाडौँ । कानुनमा विद्यमान छिद्रको दुरुपयोग रिलायन्स स्पिनिङ्ग मिल्सले आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सर्वसाधारणलाई अत्यधिक महँगोमा बुक बिल्डिङ आइपीओ निष्कासनको अनुमति पाएको रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि शेयर निष्कासनका लागि मिति तय गरेको हो । नेपाल विद्युत् प्राधिकरणको ७३ करोड ४७ लाख रुपैयाँ बक्यौता बाँकी रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया जबरजस्ती अघि बढेको हो । कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता हिसाब नगरी आइपीओ निष्कासन पश्चात् सर्वसाधारणलाई भार पार्ने रणनीति तय गरेको छ । कम्पनीको अध्यक्ष पदमा पवन कुमार गोल्यान छन् । बैङ्किङ क्षेत्रमा रजगज गरेर कृषकले पाउने अनुदानलाई आफैले कुम्लाउने विवादित घरानाका गोल्यानले आम सर्वसाधारणबाट लुट चलाउने खेल खेलेका छन् । उनको कम्पनीमा २१.९५ प्रतिशत लगानी रहेको छ । सञ्चालकमा अक्षय गोल्यान (२२.९४) र शशिकान्त अग्रवाल (४४.९३) रहेका छन् । लगानीकर्ताको हितमा भन्दा माफियाको सेटिङमा बोर्ड शेयर बजारका लगानीकर्ताको नियामक निकाय नेपाल धितोपत्र बोर्ड हो । तर, बोर्ड लगानीकर्ताको हितमा भन्दा केही सीमित घरानाको स्वार्थमा लिप्त भएको देखिन्छ । विगतमा रमेश हमाल हुँदा समेत शेयर निष्कासन अनुमति दिँदा अर्बौका चलखेल भएको कुरा बेला बेला बाहिर आउने गरेका थिए । हमाल बाहिरिए पनि बोर्डका घुस सेटिङ कायमै रहेको छ । बोर्डले घुस सेटिङमा रिलायन्सलाई आइपीओ स्वीकृतको अनुमति दिएको हो । अर्थमन्त्रालयबाट कामु अध्यक्ष … Continue reading घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल