बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा खटिन प्रधानमन्त्री प्रचण्डको अपिल

२३ असार २०८१, आईतवार ११:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् । आज एक सूचना जारी गर्दै प्रचण्डले मातहतका सरकारी निकायलाई निर्देशन दिएका हुन् ।

विपद्का बेला हातेमालो गर्न विभिन्न राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थालाई पनि प्रचण्डले आग्रह गरेका छन् । प्रचण्डले बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

उनले वर्षा अधिक हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम भइरहेको जनाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*