बाढीका कारण देशभरका विद्युतगृह प्रभावितः निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो

२३ असार २०८१, आईतवार ११:११

काठमाडौं । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्। निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्।

बाढीको असर निर्जीवन बीमा कम्पनीमाथि पर्ने देखिएको छ । तीन दिनदेखि अविरल भएको बर्षको कारण बाढीले देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन् भने खर्बौं रुपैयाँ क्षती भएको छ । सो क्षतिके खर्बौ रुपैयाँकोे बीमा दाबी एकैपटक भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बीमा कम्पनीले बीमा गरेका आयोजनाहरुको क्षती वहन गनुपर्ने भएकाले कम्पनीहरुमा असर पर्ने देखिएको छ ।

बाढीको प्रभाव जलविधुत् आयोजनामा देखिन थालेसँगै सर्भेयरहरुलाई दाबीको ओइरो नै आउन लागेको सर्भेयर दिनेश श्रेष्ठ बताँउछन् । क्षतीको विवरण मूल्यांकनको काम कम्पनीहरुले अविरल बर्षाको कारण तत्कालै गर्न नसकेको उनको भनाई छ । गत बर्षकै भुक्तानी नदिएका कम्पनीहरुमाथि यो बर्ष पनि भार थपिएको छ । बीमा प्राधिकरणले बाढी र पहिरो सम्बन्धी क्षती न्यूनिकरणको लागि केही नयाँ कमिटि बनाएर नै राहत योजना ल्याउने कार्यक्रम असारको समय अवधि सकिन लाग्दा पनि छलफल मै राखेको छ ।

प्राधिकरणले कार्यकारी निर्देशक नियुक्त गर्न नसक्दा कैयौ काम निर्णय गर्ने कमिटि बनाउने र नयाँ काममा लाग्ने प्रवित्तिको कारण समयमा ल्याउनुपर्ने योजनामा रहेको बिषयहरु प्रस्ताव मै मात्र सिमिति रह्ने गरेको छ ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण हिजो साँझदेखि बन्द छ।
यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ। प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन्।
प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ। नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।

केही आयोजना भने कम क्षमतामा चलेका छन्। प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*