ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल पुनः निर्वाचित

२३ असार २०८१, आईतवार १०:३०

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारण सभा बुटवलमा सम्पन्न भएको हो ।

सभाले नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको छ ।

प्रथम वार्षिक साधारण सभाले आगामी आर्थिक बर्षमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीका उप–कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।

बुटवलमा प्रधान कार्यालय र काठमाडौमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ ।

घुम्ति बीमा सेवाका लागि नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्त रुपमा मोवाईल भ्यानको समेत उद्घाटन गरेका छन् ।

मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइओ ढुंगानाले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*