सानिमा रिलायन्सद्वारा १४ ब्रान्चको लागि कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२३ असार २०८१, आईतवार १०:१९
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कोशी, बागमती र गण्डकी प्रदेशको लागि १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार इन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् । जीवन बीमा, बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिने सूचनामा उल्लेख गरेको छ ।