अर्बौ राजस्व छलि गर्ने साइमेक्स इंकले बढायो बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य, ग्राहक पाउनेमा शंका

२१ असार २०८१, शुक्रबार १८:१५

काठमाडौं । बिवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य बढाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले कर बढाएसँगै कम्पनीले मूल्य बढाएको हो ।

नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको हो ।

त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ, बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ ।

कम्पनीले अर्बौ रकम कर छलि गरेको भन्दै अनुसन्धान चलि रहेको छ । ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएका छैन । अब नेपाली बजारमा पनि पछिल्लो समय कम्पनीको गाडि बिक्री हुन छोडेको छ ।

बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*