प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाँचौं पटक विश्वासको मत लिदैं

२१ असार २०८१, शुक्रबार १५:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागि दलहरुमध्ये नेकपा एमालेले समर्थन फिर्ता लिएको हुँदा नेपालका संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागक हुन् ।

नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले अझै पनि आफुमा प्रतिनिधि सभाको विश्वास रहेको पुष्टि गर्नको लागि विश्वासको मत लिन लागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*