बीमा सर्भेयरको परीक्षा असार २७ गतेदेखि, यसरी पेश गर्नुहोस् आवश्यक विवरण

२१ असार २०८१, शुक्रबार १४:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार २७ गते अर्थात बिहीबारका दिन बीमा सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते, बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फत सञ्चालन गरिने जनाएको छ ।

बीमा सर्भेयरको परीक्षा दिन इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित मिति (असार २० गते) देखि ७ दिन भित्र प्राधिकणको आधिकारिक वेबसाईट https://surveyorexam.nia.gov.np/ मार्फत आवश्यक विवरण भर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*