जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । तुलसीभञ्ज्याङ–३ स्याङजा, स्थायी ठेगाना भही हाल दक्षिण कोरियामा बसोबास गर्ने विमल अधिकारीले जन्मदिनको आवसरमा जीवन बीमा पोलिसी खरिद गरेका छ्न् । आफ्नो जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेलबार शाखाबाट २५ लाख बिमाङ्कको सिटिजन शुभारम्भ जीबन बीमा पोलिसी लिएका हुन् ।
जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने बचत तथा जोखिम बहन हुने भएकोले आफ्नो भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा बीमा गरी पोलिसी लिएको उनले बताए ।
अनिवार्य बचतको लागि जीवन बीमा उपयुक्त माध्यम भएकोले आज भोलि धेरैले पर्व तथा उत्सव हरुमा बीमा गर्ने चलन बढेको उनले बताए ।
सिटिजन शुभारम्भ बीमा पोलिसी अन्तर्गत सीआई (२०) ओटा घातक रोग, एडीबि, पीटीडि, पीडब्लुबी, एमआइबि र डीएसए जोखिम बहन हुने तथा बीमा समाप्तिमा बिमाङ्क र बोनस रकम प्राप्त हुने भएकोले भबिस्यमा आउने भैपरी समस्या लागि अधिकारीले सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेको बेलबास शाखाका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले बताए ।