बेलायतमा लेबर पार्टीको सानदार मतपरिणाम, स्टार्मर प्रधानमन्त्री बन्ने

२१ असार २०८१, शुक्रबार १२:२४

काठमाडौं । बेलायतमा भएको चुनावको मतपरिणाम आउने क्रम जारी रहेको छ । मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो ।

शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ५९२ मा जित निकालेको छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट आवश्यक पर्छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने छन् ।

उनी भारतवंशी तथा बेलायतका प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीलाई हराउँदै प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । सुनकले आफ्नो हार स्वीकार गरे लेबर पार्टीका नेता कियर स्टाररलाई विजयको लागि बधाई दिंदै भने, बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*