शेयर बजारमा अब्बल देखिएका फाइनान्सले दिएनन् लाभांश, १५ मध्ये १२ कम्पनीका लगानीकर्ताको हात रित्तो, बोनश शुन्य (सूचीसहित)

२१ असार २०८१, शुक्रबार ११:०७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत भई कारोबार गरिरहेका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम् प्रतिफल दिन नसक्दा हजारौंको हातो रित्तो बनेको हो ।

हाल सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरुमध्ये ३ वटा कम्पनीले मात्र आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश वितरण गरेको छ । त्यो पनि नगद मात्र । शेयर बजारमा फाइनान्स कम्पनीका शेयरमूल्यले आकाश चुमिरहेको बेला कम्पनीहरुको वित्तीय अवस्था हेर्ने हो, भने अधिकांशको अवस्था दयनिय रहेको छ ।

फाइनान्स कम्पनीहरुमध्ये आईसीएफसी फाइनान्स लिमिटेडले सबैभन्दा बढी नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ६.५० प्रतिशतका दरले लाभांश वितरण गरेको छ ।

साथै, मन्जुश्री फाइनान्सले पाँच दशमलव २६ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पाँच दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यी बाहेकका १२ कम्पनीहरुले लागनीकर्ताहरुलाई बोनश त परको कुरा हो नगद समेत वितरण नगरेर हातो रित्तो बनाइदिएको छ ।

यस्तो छ लाभांश दिने–नदिने कम्पनीको सूची :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*