बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

२१ असार २०८१, शुक्रबार १०:५६

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो

राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*