सशस्त्र प्रहरीमा रोजगारको अवसर, लेखा, कानूनदेखि प्राविधिकमा नियुक्ति लिइने

२१ असार २०८१, शुक्रबार ०९:३३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नयाँ भर्ना खुलाएको छ । बलले रिक्त रहेको साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न भर्ना खुलाएको हो ।

बलले कानूनमा ८ जना, लेखामा २९ जना र प्राविधिकतर्फ ११ जना गरी जम्मा ४८ जनाका लागि दरबन्दी खुलाएको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन २० गतेसम्म र दोब्बर दस्तूर तिरी साउन २७ गतेसम्म अनलाईन मार्फत वा स्वयं उपस्थित भई दरखास्त फाराम बुझाउन सकिनेछ ।

अनलाईन मार्फत फाराम भरेकाहरूले साउन २९ गतेभित्र स्वयं उपस्थित भई सक्कलै दरखास्त फाराम बुझाउनु पर्नेछ । दरखास्त फाराम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, हलचोकमा पेश गर्नु पर्नेछ । आवेदन दिएकाहरूलाई साउन ३१ गते सम्पर्क मिति तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*