कृषि बीमा शुल्कको अनुदान रकम एक अर्ब तत्कालै भुक्तानी गरिने

२१ असार २०८१, शुक्रबार ०८:५८

काठमाडौं । सरकारले कृषि तथा पशु बीमा अनुदानको बक्यौतामध्ये एक अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूलाई तत्कालै भुक्तानी गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले बाली तथा पशुधन बीमा कोषमा ९७ करोड रुपैयाँ रकम पठाइसकेको छ । त्यसमा कोषले आफूसँग भएको तीन करोड ६८ लाख रुपैयाँ थपेर एक अर्ब ६८ लाख रुपैयाँ कम्पनीहरूलाई वितरण गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशु बीमा गर्दा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान सरकारले दिनुपर्ने प्रावधान रहेको छ । यसअनुसार कम्पनीहरूको सरकारबाट झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता रहेको छ । सरकारबाट बक्यौता रकम धेरै भएको भन्दै कम्पनीहरूले गत चैत्र १ गतेदेखि जेठ १७ गतेसम्म कारोबारनै बन्द गरेका थिए । जेठ १७ गते मन्त्रालयले तत्कालै ९७ करोड रुपैयाँ भुक्तानी गर्ने प्रतिवद्धता गरेसँगै कम्पनीहरूले जेठ १८ गतेदेखि कारोबार सुचारू गरेका थिए । यसरी सरकारले रकम भुक्तानीको प्रतिवद्धता गरेको एक महिनापछि कम्पनीहरूले रकम भुक्तानी पाउन लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*