प्रभु महालक्ष्मी लाइफको ६० हजार कित्ता शेयर बिक्रीमा

२१ असार २०८१, शुक्रबार ०८:३३

काठमाडौं । प्रभु महालक्ष्मी लाइपm इन्स्योरेन्स लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*