एनसीएचएलको ३१ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

२१ असार २०८१, शुक्रबार ०८:२४

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा उक्त शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्र प्राप्त) ले खरीदका लागि आवेदन दिन पाउनेछन् । खरीदकर्ताले बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताको माग गरी आवेदन दिन पाउनेछन् ।

उक्त शेयर खरीद गर्न इच्छुकले आज असार २१ देखि २५ गते कार्यालय समयभित्र काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*