हकप्रद निष्काशनका लागि आँखुखोला जलविद्युतले तोक्यो बुक क्लोजको मिति

२१ असार २०८१, शुक्रबार ०८:००

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ आउदो साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसका आधारमा असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँबराबरको एक करोड २० लाख कित्ता हकप्रद शेयर १ः१.५ को अनुपातमा निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १९ गते हकप्रद निष्काशनका लागि अनुमति दिएपछि हकप्रद जारी गर्न बुक क्लोजको मिति तय गरेको हो ।

कम्पनीले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*